site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यस्तो छ महाशिवरात्रिमा गौशालाको ट्राफिक व्यवस्थापन

कामठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा बिहानैदेखि भीड छ । भीडलाई मध्यनजर गरेर उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापन मिलाएको छ । आवश्यकता अनुसार सवारी साधनलाई विभिन्न डाइभर्सन गरिएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो–बानेश्‍वर, ज्ञानेश्‍वर, मैतिदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकताअनुसार डाइभर्सन गरिएको छ । 

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धराबाटै डाइभर्सन गरिएको छ ।

पशुपती दर्शनका लागि जाने भक्तजनहरुको सवारी पार्किङका लागि ट्राफिक प्रहरीले सिफल चौर, सरकारी र सुुरक्षाकर्मीहरुको सवारीका लागि कोषको कार्यायल परिसर र भण्डारखाल, तिर्थयात्रीका लागि तिलगंगाको खाली स्थान र करिडोर क्षेत्रतर्फ, शिविर सञ्चालक र दमकल एम्बुलेन्सहरु वनकालीमा राख्ने व्यस्वस्था गरेको छ । 

431154375_804586428380231_3292207425288531504_n-1709881200.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro