बाह्रखरी फोटो

काठमाडौं । हिन्दु धर्मावलम्बीले आज भगवान् शिवको पूजा–आराधना गरेर महाशिवरात्रि पर्व मनाउँदै छन् । यस दिन नदी–तलाउमा स्नान गरेर पवित्र भई महादेवको पूजा–आराधना गर्ने गरिन्छ ।
बिहानैदेखि शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि ठूलो संख्यामा भक्तजन पुगेका छन् ।
यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने जनविश्वास छ । शिवरात्रिका निम्ति देश–विदेशबाट केही दिनअघिदेखि नै साधुसन्त पशुपतिनाथमा आइसकेका छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० १०:१२
प्रतिक्रिया दिनुहोस्