site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री भएको भोलिपल्टै श्रेष्ठलाई भेटे भारतीय राजदूतले
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

श्रेष्ठ परराष्ट्रमन्त्री भएको भोलिपल्टै उनलाई भेट्न राजदूत श्रीवास्तव मन्त्रालयमा पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रको जिम्मेवारी सम्हालेकामा श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच नेपाल–भारत द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro