site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले भन्यो– प्रधानमन्त्रीबाट विश्वासघात र बेइमानी भयो

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थत फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासघात गरी गठबन्धन तोडेको भन्दै बिहीबार बिहान बसेको संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरिएको हो ।

“हामी संविधानको रक्षा, स्थिरता र सुशासनको प्रतिबद्धतासहित निर्वाचनमा गएर सरकार सञ्चालन गरिरहेका थियौँ,” नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले भने, “उहाँले जनतासँगको प्रतिबद्धता भुल्दै गठबन्धनका दलहरूसँग छलफल समेत नगरी गठबन्धन तोडेर जानुभएको हो । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ ।”

प्रधानमन्त्रीले अविश्वसनीय कारण देखाएर गठबन्धन तोडेको कांग्रेसको जिकिर छ । “नेपाली कांग्रेस सधैँ गठबन्धनप्रति इमानदार रह्यो । कांग्रेसले गठबन्धनका सहमतिलाई पालना गर्न प्रतिबद्ध रहँदै त्यसअनुरूप काम पनि गरेको हो,” लेखकले भने, “तर, प्रधानमन्त्री पुष्पकमल दाहालले कपोलकल्पित, भ्रामक र अविश्वसनीय कारणहरू देखाएर गठबन्धन तोड्नुभएको छ । यसलाई हामीले विश्वासघात र बेइमानीका रूपमा लिएका छौँ ।”

उनले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराए । अब कांग्रेसले संघीय संसद्‌मा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रचनात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro