site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कबड्डीको सुपर लिग सुरु

काठमाडौं । पुरुष तथा महिला कबड्डी सुपर लिग बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सुरु भएको छ ।

पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफलाई ३९–२२ ले पराजित गर्‍यो । आर्मीका प्रदीप मिजार ‘म्यान अफ दी म्याच’ घोषित भए ।

Dabur Nepal
NIC Asia

पुरुषतर्फ नै नेपाल प्रहरी क्लबले उपत्यका टोलीबाट ‘वाक ओभर’ पाएको आयोजक अखिल नेपाल कबड्डी संघले जनाएको छ ।

महिलातर्फ प्रहरीले एपीएफलाई ३८–३० ले हरायो । प्रहरीकी मानमति बिष्ट ‘प्लेयर अफ दी म्याच’ चुनिइन् ।

दुवै समूहमा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई दुई हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको पुरुषतर्फ चार र महिलातर्फ तीन टिम सहभागी छन् । सिंगल राउन्ड रोबिन पद्धतिअनुसार शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro