site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाम एकता गर्ने विषयमा एमाले हतारिने पक्षमा छैन : प्रदीप ज्ञवाली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने विषयमा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्तासमीकरणलाई वामपन्थी एकताको सुरुआतका रूपमा चित्रण गरिरहेका बेला उनले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकीकरण नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त प्रस्तुत गरे । उनले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकीकरणलगायत विषयमा कुनै छलफल नभएको बताए ।

आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने विषयमा केन्द्रित रहेको उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसित प्रदीप ज्ञवालीले व्यक्त गरेको भनाइ पढ्नोस्–
अहिले त हामी यो संसद्भित्रबाट राजनीतिक स्थायित्व दिने कुरामा केन्द्रित छौँ । त्यहाँ चाहे नेकपा (माओवादी केन्द्र)सँग होस्, नेकपा (एस)सँगको कुरा होस् । किनभने, हिजो हामीले गरेको एकता बडो सदाशयतापूर्वक गरेका थियौँ । अत्यन्त उत्साहित पनि थियौँ, तर टिकेन । त्यसो भएको हुनाले विगतका पाठहरूलाई हेर्दै तल उपयुक्त वातावरण नबनीकन, कार्यकर्ता तहमै त्यसले भावनात्मक रूपमा एकता नभईकन माथिको जोडघटाउबाट बनेको एकताचाहिँ टिक्दो रहेनछ भन्ने कुरा यहाँनिर देखिएको छ । त्यसले गर्दाखेरि अहिले हामी त्यसमा हतारिदैनौँ । सरकार बलियो बनाऊँ, सरकार टिकाऊँ, सरकारबाट डेलिभरी दिऊँ । दलहरूका बीचमा केही नीतिगत भिन्नताहरू छन् । केही भावनात्मक भिन्नताहरू छन् । केही शैलीगत भिन्नताहरू छन् । त्यसमा स्वस्थ बहस चलाउँदै जाऊँ । र, त्यो कामले विस्तारैविस्तारै एउटा भावनात्मक एकता बनाउँदै लग्यो, भावनात्मक रूपमा निकटता ल्याउँदै गर्‍यो भने सुदूरभविष्यको कुरालाई हामीले इन्कार गर्न सकिँदैन । हामी त सदैव हाम्रो देशमा मूलतः दुईवटा पार्टी बनून, एउटा सेन्टर टु राइट होस्, एउटा सेन्टर टु लेफ्ट होस् र एउटा स्थिर राजनीतितिर मुलुक अगाडि बढोस् भन्ने पक्षमा छौँ । ढिलोचाँडो मुलुक राजनीतिक ध्रुवीकरणतिर जानैपर्ने हुन्छ । र, त्यो ध्रुवीकरणको एउटाको नेतृत्व निःसन्देह एमालेले गर्ने हो । अर्को ध्रुवको नेतृत्व कांग्रेसले गर्ने हो । तर, अहिले हामी त्यो वामपन्थी एकता, सहकार्य, पार्टी एकता त्यसको कुनै पनि विषयमा छलफल गरिरहेका छैनौँ । अहिलेचाहिा एउटा वैकल्पिक सरकार बनाउने र सरकारको तहबाट डेलिभरी दिएर अहिले प्रणालीमा आइरहेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा हाम्रो सम्पूर्ण फोकस त्यहाँनेर छ ।”

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro