site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अभिभावकले पर्याप्त समय नदिँदा निम्तिरहेका छन् किशोर किशोरीमा अप्रिय घटना 
प्रतिकात्मक तस्बिर ।

काठमाडौं । किशोरावस्था शारीरिक र मानसिक दुवै हिसाबले सबैभन्दा धेरै परिवर्तनहरू देखिने अवधि हो । विशेषगरी १२ वर्षदेखि १९ वर्षसम्मको उमेर समूहका बालबालिकामा इमोसनल ब्रेन हाबी हुने गर्छ ।

पाटन मानसिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्कीका अनुसार यस उमेरमा उनीहरू चञ्चल, अपरिपक्व, कुनै पनि कुरामा छिटो लोभिने, अरूको विश्वासमा छिटो पर्ने, सही/गलत छुट्याउन नसक्ने, परिणाम सोचेर काम गर्न नसक्ने अवस्थामा हुन्छन् ।

Dabur Nepal

बालबालिकाको शारीरिक विकास, उनीहरूमा उमेरअनुसारका चाहना, भावना बढ्दै जानु मानसिकरूपमा परिपक्व हुनु होइन ।

त्यसैले पनि यस उमेरका छोराछोरीलाई विशेष परामर्श र सहयोगको खाँचो रहन्छ । यस अवस्थालाई अभिभावकले नबुझ्दा पछिल्लो समय किशोर किशोरीहरू उमेरसँगै हुने प्रेम सम्बन्ध, शारीरिक सम्बन्धहरू तथा उनीहरूप्रति भएका दुर्व्यवहारका कारण मानसिक समस्या निम्तिएका र आत्महत्यासम्मका घटना धेरै बढेका छन् ।

पाटन अस्पतालकै चिकित्सक मनोविद् डा. तृष्णा विष्टकहाँ मानसिक समस्या लिएर आइपुग्ने विशेष गरी किशोरीहरूमा अभिभावकले पर्याप्त समय दिन नसक्दा हिंसाका घटनाहरू बढेको देखिन्छ ।

यस्ता किशोरीहरूमा कसैले थोरै माया, केयर वा सहयोग गरेमा उनीहरू छिट्टै प्रभावित हुन सक्ने र यही बहानामा दोस्रो व्यक्तिले यौन दुर्व्यवहार गरेको उनीहरू बताउँछन् ।

यस्ता घटना कम गर्न बालबालिकालाई बढीभन्दा बढी समय दिनुपर्ने तथा अभिभावक सँगै रहे वा नरहे पनि छोराछोरीलाई भएका समस्याहरू खुलेर भन्ने वातावरण बनाउनुपर्ने डा. विष्टको सुझाव छ ।

त्यस्तै, उनीहरूले गल्ती नै गरेको भए पनि हप्कीदप्की वा डर देखाउने भन्दापनि उनीहरूका कुरा सुनिदिने र समाधानका विकल्पहरूबारे छलफल गर्ने गर्नुपर्छ । ताकि उनीहरू भित्रभित्रै गुम्सिएर आफ्नै शरीरलाई हानी हुने क्रियाकलापमा संलग्न नहून् र मानसिक समस्या निम्तिने अवस्था नबनोस् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro