site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डबाट ‘धोका’ भएको बूढानीलकण्ठ बैठकको निष्कर्ष, सामूहिक प्रतिपक्षी बन्ने समझदारी 

काठमाडौं । सत्ता गठबन्धनका पूर्व घटकहरूको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘धोकाधडी’ गरेको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको तत्कालीन सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले निर्वाचन अघिदेखि बनेको गठबन्धन तोड्दा प्रचण्डले सहयात्री दलसँग एकपटक पनि छलफल नगर्नु ‘धोकाधडी’ भएको निष्कर्ष निकालेको हो ।

“हामी सत्ता गठबन्धनका साझेदारहरू छलफलमा बसेका हौँ । गठबन्धन छोड्ने यत्रो ठूलो निर्णय गर्दा प्रधानमन्त्रीजीले एकपटक पनि गठबन्धनका दलसँग छलफल गर्नुभएन । यो उहाँले गठबन्धनमाथि गरेको ‘धोकाधडी’ हो भन्ने निष्कर्ष रह्यो,” बैठकपछि कांग्रेसका महामन्त्री गगन थापाले बाह्रखरीसँग भने, “त्यसैले सामूहिकरूपमा प्रतिपक्षमा बसेर खबरदारी गर्ने समझदारी भएको छ ।”

संविधान कार्यान्वयनको साझा संकल्पबाट निर्माण भएको गठबन्धन तोड्दा प्रचण्डले एकपटक पनि छलफल नगर्नुले चरम अवसरवाद दर्साएको थापाको बुझाइ छ ।

छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले भने वर्तमान सत्ता गठबन्धन यहाँको सत्ता सञ्चालनसँग मात्र नभएर शक्ति केन्द्रको स्वार्थसँग जोडिएको टिप्पणी गरे । अहिलेको सत्ता गठबन्धनलाई 'कम्युनिस्ट गठबन्धन' भन्दै राउतले यसको विचार मिल्ने अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग सम्बन्ध जोडिएको दाबी गरे ।

देउवा निवासमा भएको बैठकमा यसअघि गठबन्धन सरकारमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी सहभागी थिए ।

देउवाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालाई कोटेश्वरस्थित निवासमै भेटेर राखेको सहकार्यको प्रस्ताव भने नेपालले अस्वीकार गरिदिएका छन् । उनले वर्तमान सरकामा दुई मन्त्री पठाउँदै नयाँ सत्ता गठबन्धनमा भाग लिइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro