site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीबाट भानुभक्त जाेशी र धनबहादुर बुढा सरकारमा जाने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । बुधबार साँझ गठबन्धनमा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने सहमति भएको हो ।

उसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय पाएको छ ।

Argakhachi Cement Island Ad

एकीकृत समाजवादीले मन्त्री पनि टुंगो लगाइसकेको छ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भानुभक्त जाेशी र सहरी विकास मन्त्रालय धनबहादुर बुढाले पाएका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्