site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोका–कोलाले ल्यायो नयाँ क्याम्पेन

काठमाडौं । कोका–कोलाले उपभोक्ताहरूका लागि नयाँ क्याम्पेन ल्याएको छ । घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार यो प्रमोसनल अफर 'कोक एन्ड मिल्स क्याम्पेन'को एक हिस्सा हो, जुन धेरै वर्षदेखि निरन्तर चल्दै आएको छ । कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

Dabur Nepal
NIC Asia

कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, “कोका–कोला सधैँ आफ्ना उपभोक्ताहरूका लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरूको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्‍याउनेछ भन्ने हामीलाई विश्वास छ ।”

यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एन्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro