site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविकै नेतृत्वमा रास्वपा सरकारमा जाने, चार मन्त्रालय दाबी 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सत्तासमीकरण बन्ने र रास्वपा पनि सरकारमा सहभागी हुने नेताहरूले बताएका छन् ।

सभापति एवं संसदीय दलका नेता लामिछानेकै नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने सो पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताए ।

“हाम्रो नेतृत्व उहाँ (रवि लामिछाने)बाट नै हो । अघिल्लोपटक पनि हामी उहाँकै नेतृत्वमा थियौँ । यसपटक पनि उहाँले नै नेतृत्व गर्नुहुनेछ,” उनले बाह्रखरीसँग भने ।

पार्टीले चार मन्त्रालयमा दाबी गरेको उनले बताए । कुन–कुन मन्त्रालय लिने भन्ने छलफलपश्चात् टुंगो लाग्ने उनको भनाइ छ ।

“चार मन्त्रालय हामीले पाउनुपर्छ भन्ने हो । यसो हुँदा व्यावहारिक हुन्छ भन्ने हाम्रो मान्यता हो,” उनले भने ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro