site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका मन्त्रीहरूलाई बोलाएर के भने देउवाले ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा अध्यक्ष नेकपा (मा‌ओवादी केन्द्र)ले मागिरहेको विषयमा आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गरेका छन् ।

आइतबार अपराह्न आफ्नै निवास बूढानीलकण्ठमा मन्त्रीहरूलाई बोलाएर देउवाले राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गरिरहेको जानकारी गराएका हुन् । 

आइतबार दिउँसो साढे ३ देखि साँझ साढे ६ बजेसम्म चलेको बैठकमा आठजना मन्त्री सहभागी थिए । नेताहरू कृष्ण सिटौला र रमेश लेखक पनि बैठकमा थिए ।

"प्रचण्डजीले राष्ट्रियसभा माओवादीले पाउनुपर्छ भनिराख्नुभएको छ," देउवाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

ती मन्त्रीले कांग्रेसले राष्ट्रियसभा अध्यक्ष गुमाए गठबन्धनमै असर पर्न सक्ने अवस्था रहेको बताए ।

यस विषयमा थप छलफलका लागि भोलि बिहान गठबन्धनको बैठक बोलाइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro