site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण रद्द
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । मन्त्री साउद दोस्रो 'यूएन एलडीसी फ्युचर फोरम'मा सहभागी हुन आज राति २ बजे फिनल्यान्डको हेलसिन्कीतर्फ जाने तालिका थियो । उनी कतार हुँदै फिनल्यान्ड जाने तय भएको थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नजान निर्देशनपछि मन्त्री साउदले भ्रमण रद्द गरेका हुन् ।

Dabur Nepal
NIC Asia

भ्रमणबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको आधा घण्टापछि परराष्ट्र सचिवलाई फोन गरेर मन्त्री साउदले आफू जान नसक्ने जानकारी दिएको परराष्ट्र स्रोत बताउँछ ।

यसअघि तत्कालीन परराष्ट्रमन्त्री विमला पौडेलले पनि जेनेभा उड्नै लागेका बेला भ्रमण रद्द गरेकी थिइन् । त्यतिबेला पनि प्रचण्डले भ्रमण रद्द गर्न निर्देशन दिएका थिए । त्यसलगत्तै सरकारबाट एमाले बाहिरिएको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro