site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल गाजामा ६ हप्ता युद्धविराम गर्ने सम्झौतानजिक
फाइल तस्बिर ।

काठमाडौं । गाजामा युद्ध गरिरहेको इजरायलले ६ हप्ताको युद्धविराम प्रस्ताव स्वीकार गर्ने तयारी गरेको छ ।

इजरायल युद्धविराम गर्ने सम्झौतानजिक पुगेको अमेरिकी अधिकारीले जनाएको द गार्डियनले उल्लेख गरेको छ ।

युद्धविरामका लागि हमासले बन्धक बनाएकाहरूmनई रिहाइ गर्ने र इजरायलले ध्वस्त पारेको गाजा क्षेत्रमा सहायता पठाउन दिने सम्झौता छ । यो सम्झौतामा हमासले भने अझै सहमति जनाएको छैन ।

युद्धविराम सहमतिनजिक पुगे पनि हमासले जीवित रहेका र मृत्यु भइसकेका बन्धकको सूची नदिएसम्म युद्धविराम वार्ता जारी नहुने इजरायलको भनाइ छ ।

इजरायलको अक्रमणमा परी गाजामा ३० हजार भन्दा बढीको मृत्यु भएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा करिब १२ सय मानिसको ज्यान गएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro