site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१६ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित
तस्बिर : एन्फा ।

काठमाडौं । काठमाडौंमा जारी साफ यू–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको हो ।

बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरिन् । खेलको २५औँ मिनेटमा उनले बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् । पेनाल्टीमार्फत ३१औँ मिनेटमा उनले बंगलादेशका निम्ति दोस्रो गोल गरिन् ।

नेपालले दोस्रो खेल यही फागुन २१ गते भुटानसँग खेल्नेछ । लिग चरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका निम्ति प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro