site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनामा ९७ हजार पर्यटक भित्रिए

काठमाडौं । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउने क्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका हुन् ।

गत जनवरीमा ७९ हजार १०० पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् ।

यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार ५७८ पर्यटक रहेका छन् । चीनबाट नौ हजार १८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७९९, बेलायतबाट चार हजार ५७१, बंगलादेशबाट चार हजार ९९,  श्रीलङ्काबाट तीन हजार ६८४ जना नेपाल आएका हुन् । रासस
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro