देश
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१६ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को फराकिलो जित निकालेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा भारतलाई जित दिलाउन अनुष्का कुमारीले ह्याट्रिक प्रहार गरिन् । पर्ल फर्नान्डेजले दुई गोल गर्दा कप्तान श्वेता रानी र अन्विता घुरमनले समान एक गोल थपे ।
भारतले जितसँगै भारतले तीन अंक जोडेको छ । भारतले आफ्नो दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।
नेपालले शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल दिनको ३ बजे एन्फा मुख्यालयमा नै हुनेछ ।
प्रतियोगिताको यस संस्करणमा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिमको सहभागिता छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० २०:५४
प्रतिक्रिया दिनुहोस्