site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन महत्त्वपूर्ण उपलब्धि : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । 

‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,” प्रधानमन्त्रीले भने, “भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धिहरू हुन् ।” 

भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । 

Global Ime bank

पछिल्लो सात वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिंगो देशलाई नै नेतृत्व गरिरहेको बताए । “गौरवका आयोजनाहरू रिङरोड, सिक्स लेन रोड, तटबन्धन, सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्नेछ”, उनले भने, “देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्नेछ । यसका निम्ति तपाईं भरतपुरबासी जनसमुदाय बधाईका पात्र हुनुहुन्छ ।” 

प्रचण्डले पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा हुनुले समृद्धिको यात्रामा सबै एकै ठाउँमा भएको सन्देश गएको बताए । “यो देशका सबै प्रमुख राजनीतिक दल र नेताहरूको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह पनि भयो । सरकार र निजी क्षेत्रको एउटा नयाँ संकल्पको उद्घाटन समारोह पनि भयो । र, समृद्धिको यात्रामा हामी सबै ठाउँमा छौँ  भन्ने सन्देश पनि गयो,” प्रधानमन्त्रीले भने । 

उनले भ्रमण वर्ष कार्यक्रमले केही हुँदैन, केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्यलाई सच्याउने बलियो सन्देश दिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement