site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोमाञ्चक खेलमा नेपालले नामिबियालाई तीन रनले हरायो, फाइनल पुग्ने सम्भावना कायमै 

काठमाडौं । रोमाञ्चक खेलमा नामिबियालाई तीन रनले हराउँदै घरेलु टिम नेपालले त्रिदेशीय शृंखलाको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएरु १७७ रनमात्र जोड्न सक्यो ।

त्रिवि क्रिकेट मैदानमा लगातार चार हारपछि नेपालले जित निकालेको हो । यसअघि नेपालले लिग–२ अन्तर्गत शृंखलाको अन्तिम दुई खेल र ट्वान्टी–२० शृंखलाको सुरुआती दुई खेल गरी लगातार चार खेलमा हार बेहोरेको थियो । 

नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक हुँदा नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङका लागि करणलाई जिम्मेवारी सुम्पिएका थिए । करणको पहिलो बलमा जान ग्रिनले एक रन लिए । दोस्रो बलमा रुबेन ट्रम्पेलमेनले पनि एक रन लिए । करणले तेस्रो बल डट फ्याकेपछि नामिबियालाई अन्तिम तीन बलमा जितका लागि १० रनको आवश्यकता थियो । चौथो बललाई अम्पायरले वाइडको इशारा गरेपछि करणले एक बल धेरै गर्नुपरेको थियो । 

चौथो बलमा पनि करणले ग्रिनलाई एक रन दिए । जितका लागि दुई बलमा आठ रन हुँदा ट्रम्पेलमेनले करणको पाँचौँ बलमा लामो प्रहार गर्न खोजे पनि कप्तान रोहित पौडेलबाट क्याच भएपछि खेलमा नेपालले नियन्त्रण बनाएको थियो । अन्तिम बलमा बर्नार्ड स्कोल्जले चौका प्रहार गरे पनि नेपालले तीन रनको रोमाञ्चक जित निश्चित गर्दै शृंखलाको फाइनल सम्भावना कायम राखेको हो । 

नामिबियाबाट आक्रामक रूपमा प्रस्तुत भएका कप्तान जेजे स्मिथले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा स्मिथको यो तेस्रो अर्धशतक हो । ५०–३ को अवस्थामा ब्याटिङका निम्ति आएका उनले चौथो विकेटका लागि जान फ्राइलिन्कसँग ८३ रनको साझेदारी गर्दै नामिबियाको इनिङ उकासेका थिए । 

फ्राइलिन्कले २९ बलमा एक चौका र दुई छक्कासहित ३७ रन बनाए । १६औँ र १७औँ ओभरमा यी दुईको साझेदारी तोड्दै तीन विकेट लिएपछि नेपालले खेलमा फर्किएको थियो । १६औँ ओभरको पहिलो र दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीले लगातार स्मिथ र जान निकाले लोफ्टी इटोनलाई पभेलियनको दिशा देखाएका थिए ।

यस्तै, १७औँ ओभरको पहिलो बलमा अभिनाश बोहराले ३७ रन बनाएका फ्राइलिन्कलाई बोल्ड गरेका थिए । नामिबियाको स्कोरबोर्डमा जेपी कोएट्जले २५, जान ग्रिनले २३, रुबेन ट्रम्पेलमेनले १४ र माइकल भान लिन्गेनले १० रन थपे । 

नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रले समान दुई विकेट लिए । अभिनाश बोहराले एक विकेट हात पारे । त्यसअघि कुशल मल्लले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रनको योगफल खडा गरेको थियो । 

नेपालबाट कुशलले अविजित ५५ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका कुशलले ३७ बलमा एक चौका र चार छक्का प्रहार गरे । सात ओभरमा ६४–४ को नाजुक अवस्थाबाट कुशलले आरिफ सेखसँग पाँचौँ विकेटका लागि ८५ रनका साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

१६.३ ओभरमा ज्याक ब्रासेलले जान फ्राइलिन्कबाट क्याच गराउनुअघि आसिफ सेखले २४ बलमा चार चौकासहित ३१ रन बनाए । यसबाहेक, नेपाली टिमको खातामा गुल्सनकुमार झाले १६ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे ।

अनिल साहले १७ बलमा तीन छक्कासहित २३ रन थपे । दीपेन्द्र आठ बलमा दुई चौकासहित १६ रन जोडेर आउट भए । कप्तान रोहितले १० रन बनाए । नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सिकोन्गोले २८ रन खर्चिए । ज्याक ब्रासेलले दुई विकेट लिए । रुबेन ट्रम्पेलमेन, ज्यान निकोल लोफ्टी–इटोन र बर्नार्ड स्कल्जले एक–एक विकेट लिए ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी शृंखलामा नेपालको तेस्रो खेल हो । नेपालले अब लिग चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । डबल राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro