site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईजनाको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।

बेलबारी । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–३, पुरानो मालपोतअगाडि आज बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख एवं प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एउटा बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो ।

बोलेरोमा सवार झापाको कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र पाँचजना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताए ।

विराटनगरस्थित न्युरो अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्