site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एकै वर्ष २३.६१ अर्ब आर्जन गरी भाजपा बन्यो भारतको सबैभन्दा धनी पार्टी, अरूको कमाइ कति ? 

काठमाडौं । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर)ले सार्वजनिक गरेको एक प्रतिवेदनानुसार भारतमा सबैभन्दा धनी पार्टी भारतीय जनता पार्टी (भाजपा) रहेको देखिएको छ । आर्थिक वर्ष सन् २०२२/२३ मा भारतका ६ राजनीतिक पार्टीले आफ्नो आय–व्यय पेस गरेको एडीआरले प्रतिवेदनमा उल्लेख गरेको छ ।

उक्त आर्थिक वर्ष भारतका ६ राष्ट्रिय राजनीतिक पार्टीले ३० अर्ब ७७ करोड भारतीय रुपैयाँ आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनानुसार, भाजपाले मात्र आर्थिक वर्ष २०२२/२३ मा २३ अर्ब ६० करोड ८४ लाख ४० हजार भारतीय रुपैयाँ आर्जन गरेको छ । अर्थात्, ६ राष्ट्रिय दलले आर्जन गरेको कुल रकममा ७६.७ प्रतिशत हिस्सा भाजपाको मात्र छ ।

आर्थिक वर्ष २०२२/२३ मा भारतीय राष्ट्रिय कांग्रेसले चार अर्ब ५२ करोड ३७ लाख पाँच हजार भारतीय रुपैयाँ आर्जन गरेको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

भारतमा धेरै कमाइ गर्ने राजनीतिक पार्टीको सूचीमा कांग्रेस दोस्रो नम्बरमा छ । ६ राष्ट्रिय पार्टीले आर्जन गरेको कुल रकममा कांग्रेसको हिस्सा १४.७० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

भाजपा र कांग्रेसबाहेक बीएसपी, आम आदमी पार्टी, नेसनल पिपुल्स पार्टी र सीपीआई (एम)ले आफ्नो आय घोषणा गरेका छन् ।

एनडीआरको प्रतिवेदनानुसार, आर्थिक वर्ष २०२१/२२ र २०२२/२३ का बीचमा भाजपाको आय निकै बढेको छ । २०२१/२२ मा भाजपाको आय १९ अर्ब १७ करोड १२ लाख भारतीय रुपैयाँ थियो । २०२२/२३ मा भाजापको आय बढेर २३ अर्ब ६० करोड ८४ लाख ४० हजार भारु पुगेको छ ।

यस्तै, आर्थिक वर्ष २०२१/२२ मा आम आदमी पार्टीको आय ४४ करोड ५३ लाख भारु थियो । आर्थिक वर्ष २०२२/२३ मा आइपुग्दा आम आदमी पार्टीको आय ८५ करोड १७ लाख भारु पुगेको छ । अर्थात्, आम आदमी पार्टीको कमाइ ९१.२३ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०२२/२३ मा कांग्रेसको आय चार अर्ब ५२ करोड ३७ लाख ५० हजार र खर्च चार अर्ब ६७ करोड १३ लाख ५० हजार भारु भएको प्रतिवेदनमा उल्लेख छ ।

२०२२/२३ मा भाजपाको आम्दानी २३ अर्ब ६० करोड ८४ लाख ४० हजार र खर्च १३ अर्ब ६१ करोड ६८ लाख ४० हजार भारु भएको प्रतिवेदनमा उल्लेख छ । अर्थात्, उक्त वर्ष भाजपा नौ अर्ब ९९ करोड १६ लाख भारु नाफामा छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro