site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशको अर्थतन्त्र खस्किँदो अवस्थामा छ : सांसद चौधरी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य हरिराम चौधरीले देशको अर्थतन्त्र झनै खस्किँदो अवस्थामा रहेको बताएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले विदेशबाट खाद्यान्न किनेर वा विदेशबाट पेट्रोल, डिजेलहरू ल्याएर पनि अर्थतन्त्र बाहिर रहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले पछिल्लो समय नेपाली विद्यार्थीहरूको विदेश पलायनका कारण पनि अर्थतन्त्रको ठूलो हिस्सा बाहिर रहेको जिकिर गरे । यसबारेमा सरकारले आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकताबारेमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

उनले भने, "अहिले हाम्रो देशमा अर्थतन्त्र व्यापक खस्किँदो अवस्थामा छ । अर्थतन्त्र खस्किने अवस्था के हो ? के हामीले विदेशबाट खाद्यान्न किनेर वा विदेशबाट पेट्रोल, डिजेलहरू ल्याएर वा कुनै अरु चिजका कारणले मात्रै पनि यो देशको अर्थतन्त्र बाहिर गएको छैन । अर्थतन्त्र बाहिर जान नदिन हामीले यो देशमा केही गर्नसक्ने काम छन् । जस्तै अहिले पनि सबैभन्दा बढी हामीले खाद्यान्न वा डिजेल, पेट्रोलबाट अर्थतन्त्र बाहिर गए पनि अहिले पछिल्लो पटक विद्यार्थीको पलायनले सबैभन्दा ठूलो असर अर्थतन्त्रमा परेको छ । हामीले सैद्धान्तिक रूपमा प्राथमिकतामा जोड दिनुपर्छ । नेपालमै उच्च शिक्षा दिन सक्नुपर्छ ।"

उनले नेपालमै उच्च शिक्षा दिन सक्नुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro