site stats
बाह्रखरी :: Baahrakhari
कला
‘एक्टर’मा अनुबन्धित भइन् दिलीप रायमाझीकी छोरी दिव्या

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने चलचित्र ‘एक्टर’मा नवअभिनेत्रीका रूपमा दिव्या रायमाझी प्रवेश गरेकी छन् ।  

निर्माणपक्ष र दिव्याबीच कागजी सम्झौता भएको छ । निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीमा चलचित्रमा काम गर्न सहमति दिएकी हुन् । उनको सहमतिपछि उनका तर्फबाट उनका बुवा अभिनेता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच फिल्मका लागि सम्झौता भएको हो । 

अमेरिकामा अध्ययनरत दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि काम गर्न तयार भएकी हुन् । 

चलचित्र ‘एक्टर’मा दिव्या र प्रदीपसँगै नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ ।  

Global Ime bank

राजन भुसालको निर्देशन रहने चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ ।

वैशाख पहिलो साताबाट सिनेमाको छायांकन सुरु हुनेछ । चलचित्र आगामी वर्षको कात्तिक १५ गते रिलिज गर्ने निर्माणपक्षको तयारी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu