site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चेल्सी, युनाइटेड र लिभरपुल क्वार्टरफाइनलमा

काठमाडौं । साउथह्याम्पटनविरुद्ध ३–० को सहज जित निकाल्दै प्रिमियर लिग लिडर लिभरपुलले एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । बुधबार राति एन्फिल्डमा लिभरपुललाई जित दिलाउन जयडे डान्सले दुई र लेविस कोउमासले एक गोल गरे ।

खेलको ४४औँ मिनेटमा कोउमासले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७३औँ र ८८औँ मिनेटमा डान्सले गोल गरेपछि लिभरपुलले ३–० को जितसहित क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो ।

Dabur Nepal
NIC Asia

लिभरपुलले अब सेमिफाइनल प्रवेशका निम्ति म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ । युनाइटेडले बुधबार राति नै भएको खेलमा नटिङ्घम फरेस्टविरुद्ध १–० को साँधुरो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो । सिटी ग्राउन्डमा युनाइटेडलाई जित दिलाउन कासिमिरले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस्तै, प्रिमियर लिगको अर्को क्लब चेल्सीले पनि प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ । बुधबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा लिड्सविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै चेल्सीले अन्तिम–८ मा स्थान बनाएको हो ।

चेल्सीले अब प्रतियोगिताको सेमिफाइनल प्रवेशका निम्ति लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro