site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिटरब्याज पीडित र सरकारबीचको वार्ता तेस्रो दिन पनि निष्कर्षविहीन
Tiktok banner adTiktok banner ad

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । बुधबार गृह मन्त्रालयमा भएको मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्तामा समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो ।

वार्ता पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए ।

उनले आफूहरूको आन्दोलन जारी रहने पनि बताए । आफूहरूले फर्जी लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग राखेको बताए ।

त्यस्तै, साहुहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने पनि आफूहरूको माग रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro