site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से स्थिर, तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २०००.७७ विन्दुमा बन्द भएको छ । गत मंगलबार पनि यही विन्दु आसपास नेप्से बन्द भएको थियो ।

मंगलबारको तुलनामा आज कारोबार रकम भने बढेको छ । यसदिन दुई अर्ब तीन करोड ८१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार भने एक अर्ब ८६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) छन् ।

विशाल बजार कम्पनीको सेयर प्रतिकित्ता चार हजार २६ रुपैयाँमा कारोबार भएको छ भने बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य प्रतिकित्ता १९ हजार ६४१ रुपैयाँ र बोटलर्स नेपाल (तराई)को प्रतिकित्ता १६ हजार १४४ रुपैयाँ ७० पैसामा करोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ । यो समूहको परिसूचक ५.५ प्रतिशतले वृद्धि भएर २८८०.३८ विन्दु कायम भएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.९६ प्रतिशतले वृद्धि भएर ६७११.९१ विन्दुमा बन्द भएको छ ।

विकास बैंक समूहको परिसूचक भने १.११ प्रतिशत घटेर ३८८२.८४ विन्दुमा बन्द भएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्