site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खुला प्रतिस्पर्धाबाट परिषद्को उपाध्यक्ष नियुक्ति गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले खुला प्रतिस्पर्धाबाट समाजकल्याण परिषद्को उपाध्यक्ष नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले परिषद्को उपाध्यक्ष पदका लागि खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । 

त्यस्तै, बैठकले समाजकल्याण परिषद्मा पुराना कानुन भएकाले तत्काल नयाँ एकीकृत कानुनको मस्यौदा गरी संसद्‌मा प्रस्तुत गर्न र ५० हजार गैरसरकारी संस्थामाथि अध्ययन अनुसन्धान गरी राष्ट्रको औचित्यका आधारमा स्पष्ट नीति तयार गर्न निर्देशन दिएको छ ।

बैठकले संघसंस्थाहरूले कार्यक्रम सञ्चालन गर्ने तहको स्वीकृति दिने व्यवस्था गर्न र कार्यक्रम सम्पन्न भएपछि तहमार्फत विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकले समाजकल्याण परिषद्को सबै भौतिक सम्पत्तिको प्रयोगको अवस्थाका बारेमा तीन महिनाभित्रै श्वेत पत्र जारी गर्न र नियामक र अनुगमनका नाममा विगत पाँच वर्षमा सरकारी कर्मचारी, परिषद्का कर्मचारी, पदाधिकारीहरूले अनुगमनका लागि लिएको रकमको पूर्ण विवरण एक महिनाभित्रै समितिमा पेस गर्न पनि निर्देशन दिइएको सभापति पोखरेलले बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro