site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इसेवाबाट हरेक टिकट खरिदमा विशेष अफर, बम्परमा दुई लाख रुपैयाँ जित्न सकिने

काठमाडौं । इसेवाले ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा, बसको टिकट काट्दा वा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा दुई लाख रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।

इसेवाले यात्रासम्बन्धीका सेवाको प्रयोगमा प्रयोगकर्ताले क्यासब्याक तथा अन्य आकर्षक पुरस्कार पनि जित्न सकिने बताएको छ । इसेवाले गत वर्ष पनि ल्याएको यो अफरको नाम यस वर्ष ‘मेरो यात्राको साथी दुई’ दिइएको बताएको छ ।

टिकेटिङसम्बन्धी कुनै एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप दुई लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एकजनाले सात हजार रुपैयाँसम्मको फुल रिफन्ड क्यास्ब्याक जित्ने कम्पनीले जनाएको छ ।

यस्तै, तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्नेले तीन सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ‘Yatra300– यात्रा ३००’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

होटेल बुक गर्दा प्रोमो कोड ‘Hotel200– होटेल २००’ प्रयोग गरेमा दुई सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता दुईजनाको दरले) अफर अवधिमा सबै रुपैयाँ क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

यी दुई विजेता प्रत्येक हप्ता इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेजमार्फत् घोषणा गरिने कम्पनीले बताएको छ ।

प्रोमो कोड ‘Yatra50– यात्रा ५०’ प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले ‘YATRA100– यात्रा १००’ प्रोमो कोडको प्रयोग गरेमा एक सय रुपैयाँ क्यास्ब्याक पाउन सक्नेछन् ।

अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म पाँच प्रतिशतका दरले एक हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यो अफर फागुन १३ देखि चैत्र १३ गतेसम्म लागु हुने इसेवाले जनाएको छ । यी सबै अफरबारे विस्तृतमा जानकारी इसेवाको आधिकारिक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro