site stats
बाह्रखरी :: Baahrakhari
देश
यी हुन् मनोज न्यौपानेसहित पक्राउ परेका १० कर्मचारी, ऋण प्रवाह अनियमितको आरोप 

काठमाडौं । तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।

सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरी स्रोतले जनाएको छ । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ ।

पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपानेसहित १० जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिए ।  प्रहरीले ऋण प्रवाह अनियमितता आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu