site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नामिबियाविरुद्ध भुर्तेल ‘गोल्डेन डक’
फाइल तस्बिर ।

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल ‘गोल्डेन डक’ भएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २०७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले इनिङको पहिलो बलमै ओपनर भुर्तेललाई गुमाएको हो ।

भुर्तेललाई रुबेल ट्रम्पेलमेनले एलबीडब्ल्यूको धरापमा पारेका थिए । दोस्रो इनिङको पहिलो ओभर सकिँदा नेपालले एक विकेट गुमाएर सात रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro