site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे पाँचहजार मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँचहजार मिटरब्याजी पीडतलाई न्याय दिने काम भइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँचहजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताए ।

उनले तत्कालीन आयोगमा आएका उजुरीहरूलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपिल गर्ने बताए । प्रहरीले पीडितलाई न्याय दिने गरी मेलमिलापको प्रयास गर्ने पनि उनको भनाइ छ ।

त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने बताउँदै उनले पीडितलाई कुनै पनि हालतमा न्याय दिने आश्वासन दिए ।

"अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइराखेको छ । तर, के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ," उनले भने ।

गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्ने पनि बताए । उनले पीडितको नाममा खेल नखेल्न आग्रह समेत गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro