site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०० किलोमिटर पदयात्रा गरी मुख्यमन्त्री कार्की उदयपुरमा

सुनसरी । चार जिल्लामा २०० किलोमिटर पदयात्रा गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की उदयपुर आइपुगेका छन् । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविकमार्गमा ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरिएको थियो ।

यसक्रममा कार्कीले झापा, इलाम, मोरङ र सुनसरीका विभिन्न वनक्षेत्र तथा बस्तीमा अवस्थित हात्ती जैविकमार्ग हुँदै यात्रा गरे । पदयात्रा टोलीका प्रतिनिधि सोमबार सुनसरीको कोसीटप्पु क्षेत्र हुँद उदयपुर पुगेका हुन् । टोली कोसी नदी तरेर भागलपुरतर्फ अघि बढेको छ ।

मुख्यमन्त्री कार्कीले आफू जनताका समस्या बुझ्न र समाधानका उपाय पहिल्याउन पदयात्रामा निस्किएको बताए । “म आफैँ जनताको समस्या बुझ्न घरदैलोमै आएको छु । हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो,” उनले भने ।

प्रदेशको आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रका निम्ति विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । उक्त पदयात्रा उदयपुरको बेलसोत पुगेर सकिनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro