site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खोप लगाएपछि देखिनसक्छ असर, डा. गौतम भन्छन्– नआत्तिऔँ, आधा घण्टासम्म केन्द्रमै बसौँ  
फाइल तस्बिर ।

काठमाडौं । यस वर्षको दादुरा–रुबेला खोप कार्यक्रम आजदेखि सुरु भएको छ । ५७ लाख ४२ हजार ९९३ बालबालिका लक्षित अभियानमा नियमित खोप छुटेको भए दिने व्यवस्था मिलाइएको छ । 

जाजरकोट र रुकुमबाहेकका ७५ जिल्लामा खोप दिन लागिएको हो । तराई र काठमाडौं उपत्यकासहित २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिइनेछ । १५ महिनाभित्र दादुरा–रुबेला खोप लगाए पनि अभियानका क्रममा खोप लगाउनैपर्ने शाखाले जनाएको छ । 

Dabur Nepal
NIC Asia

त्यस्तै, यो अभियानमा खोप लगाए पनि १५ महिनाभित्रका बालबालिकालाई नियमित रूपमा दादुरा–रुबेला खोप लगाउनै पर्छ ।  खोप लगाइसेकपछि केही सामान्य असरहरू देखिए नआत्तिन र कम्तीमा आधा घण्टासम्म खोप केन्द्रमा नै बसिरहन खोप शाखा प्रमुख डा.अभियान गौतमको सुझाव छ । 

उनका अनुसार केही बालिबालिकामा खोप लगाएको केही समयपछि हल्का ज्वरो आउने, शरीरमा दादुरा जस्तै बिमिराहरू आउने जस्ता सामान्य लक्षण देखिन सक्छन् । 

गम्भीर प्रकारका कुनै समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन उनको सुझाव छ । रोग प्रतिरोधी क्षमता कम भएको अवस्थामा, सिकिस्त बिरामी भएको बेला, उपचार सुरु नगरेका क्षयरोगीलाई भने यो खोप दिनु हुँदैन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro