
काठमाडौं । सहकारी क्षेत्रलाई धराशायी बनाएर देश विकास हुन्छ ? भनी संसद्मा प्रश्न गरिएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद हर्कमाया विश्वकर्माले सहकारीविरुद्ध गलत भ्रम फैलाएर ऋण तिर्न नहुने अभियान चलाइरहेकालाई सरकारले कारबाही गर्छ कि गर्दैन ? भन्दै प्रश्न गरिन् । उनले सरकारले सहकारी क्षेत्रको सुरक्षा गर्न नसकेको भन्दै आपत्ति जनाइन् ।
“सरकारले सहकारीको सुरक्षा गरेन, मूर्खदर्शक बनेर बसेको छ । सहकारीले बैंकिङ पहुँच नभएको र धितो नभएको दूरदराजका जनतालाई देशको आर्थिक मूल प्रवाहमा जोडेको छ,” उनले भनिन्, “के सरकारले यो भत्काउन खोजको हो ? यसरी भ्रम पैदा गर्दा देश विकास हुन्छ ?”
सांसद विश्वकर्माले सहकारीविरुद्ध गलत भ्रम फैलाउने तथा जनताको पैसा खाएर भागेका सहकारी सञ्चालकलाई तत्काल कारबाही गरी बचकर्ताको बचत सुरक्षित गर्न माग गरिन् ।