site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा ट्याक्टर ट्रली पल्टँदा २२ जनाको मृत्यु, १०  जना घाइते
SkywellSkywell

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शनिबार ट्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् ।

उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा भएको हो । “अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले सञ्चारमाध्यमलाई बताएका छन् ।

Dabur Nepal
NIC Asia

प्रहरीकाअनुसार, पीडित गंगास्नान गर्न कादरगञ्ज जाँदै थिए । पीडितमध्ये अधिकांश महिला र बालबालिका छन् ।

उद्धारकर्ताले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भारतमा घातक सडक दुर्घटना प्रायः ‘ओभरलोडिङ’, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu