site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मिटरब्याजपीडित भन्छन्– न्याय नदिएसम्म घर फर्कन्नौँ

काठमाडौं । लघुवित्त, मिटरब्याज र सहकारीपीडितले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् ।

मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका निम्ति गठित आयोगको म्याद सकिएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

उनले सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुला गराउनुपर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज र वडामा दर्ता ‘फर्जी तमसुक’ अवैध घोषणा गर्नुपर्ने माग गरे ।

यस्तै, पीडकले घटाएको हिंसा, हत्या, बलात्कारलगायत घटना छानबिन गरी उचित दण्डसजायको व्यवस्था गरिनुपर्ने उनले बताए ।

मिटरब्याजपीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख रुपैयाँ ऋण लिएकामा ३० लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताइन् । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनको भनाइ छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारीपीडितको पक्षमा आफूहरूले ६३ दिन आन्दोलन गरेको उल्लेख गरे । आन्दोलनका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता श्रेष्ठ प्रदर्शनस्थलमै आएपश्चात् सातबुँदे सहमति भएको उनले बताए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro