बाह्रखरी फोटो

काठमाडौं । मिटरब्याजपीडितले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । रत्नपार्क परिक्रमा गर्ने क्रममा मिटरब्याजपीडितलाई प्रहरीले पर्यटन बोर्ड अगाडि जान दिएनन् । रोकेको ठाउँबाट अगाडि जान खोज्दा प्रहरीसँग भनाभन समेत परेको थियो ।
पीडितहरूले गत माघ १६ गतेदेखि पूर्वपश्चिमबाट पैदलयात्रा सुरु गरेका थिए । माग पूरा नभएसम्म काठमाडौं नछोड्ने पीडितहरूले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १४:५४
प्रतिक्रिया दिनुहोस्