site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १ देखि ३ गतेसम्म पोखरामा
Sarbottam CementSarbottam Cement

पोखरा । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । 

शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले चैत १ गते आयोजना गरिएको साइकल र्‍याली, २ गते र ३ गते आयोजना गरिएको गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

चैत २ गते नै पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री र मेयरसँग अन्तरक्रिया हुनेछ भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् ।
 
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बाह्रखरी गल्फ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै पोखराको वार्षिक क्यालेन्डरमा समावेश गरेर सधैं पोखरामै गरिनुपर्नेमा जोड दिए ।

उनले त्यसका लागि महानगरपालिकाले गर्ने सहयोगको प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

Global Ime bank

pokharagolf-(1)-1708679053.jpg
 

त्यसैगरी गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै वार्षिक क्यालेन्डर बनाएर पोखरामै आगामी वर्षमा पनि प्रतियोगिता गर्न आग्रह गरेका थिए ।

उनले गण्डकी प्रदेशमा भएका सम्भावना र अवसरका बारेमा पनि विदेशी राजदूत र विकास साझेदार संस्थालाई जानकारी गराउने अवसर बाह्रखरीले जुटाइदिएको भन्दै खुसी व्यक्त गरे ।

त्यसैगरी गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले शुभकामना व्यक्त गर्दै पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुना रहेको उल्लेख गर्दै त्यहाँ केही पूर्वाधारको अभाव भएको हुनाले स्थानीय सरकार र व्यवसायीले ध्यान दिनुपर्ने बताए ।

उनले सात वर्षदेखि गल्फलाई निरन्तरता दिएको भन्दै बाह्रखरीलाई धन्यवाद व्यक्त गरेका थिए ।

pokharagolf-(3)-1708679055.jpg
 

विकास तथा सुशासन विज्ञ रमेश अधिकारी, हिमालयन गल्फ कोर्सका अध्यक्ष किरण केसी, एनसेल कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखालक्ष्मी खड्का, बीवाईडीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, गोकर्ण गल्फ कोर्सका निर्देशक दीपक आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसी, बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

pokharagolf-(10)-1708679055.jpg
 

यस्तो छ पत्रकार सम्मेलनमा वितरण प्रेस विज्ञप्ति 

देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य छ । कार्यक्रमको प्रमुख प्रायोजक एनसेल रहेको छ । सह–प्रायोजक बीवाईडी रहेको छ ।

गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन् ।

यस कार्यक्रमअन्तर्गत चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल र्‍याली आयोजना गरिनेछ । यसको प्रमुख उद्देश्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउन चेतना जगाउनु रहेको छ ।

चैत २ गते काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी, सुर्खेतलगायत स्थानबाट पोखरा पुग्ने ३०० बढी ‘कर्पोरेट पाहुना’ लाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुनेछ । उक्त पाहुना समूहमा कर्पोरेट नेतृत्ववर्गसहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधिहरू तथा वरिष्ठ पत्रकार एवं सम्पादकहरू रहनुहुनेछ ।

pokharagolf-(11)-1708679057.jpg
 

चैत २ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्नुहुनेछ ।

pokharagolf-(7)-1708679264.jpg
 

चैत ३ गते बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसै दिन बिहान ९ बजे प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । त्यसमा देशभरका युवा उद्यमीसँग अन्तरक्रिया गरिनेछ ।

देशभरबाट पोखरामा भेला भएका करिब १२० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते दुई दिन गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन् ।

चैत ३ गते अपराह्न सम्पूर्ण कार्यक्रमको समापन हिमालयन गल्फ कोर्स, मझेरीपाटन, पोखरामा हुनेछ । उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहनुहुनेछ । पोखरा महानगरका मेयर विशेष अतिथि हुनुहुनेछ ।

सो समारोहमा गल्फ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ भने देशभरबाट आएका पाहुनाहरूलाई आपसी भेटघाट र अन्तरक्रियाका लागि एक उत्सव पनि हुनेछ ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् ।

प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरामा देशभरिबाट आउने पाहुनाका लागि रेबान पोखराका सदस्य रेस्टुरेन्टहरूले २५ प्रतिशत सहुलियत दिने निर्णय गरेका छन् । देशभरका पाहुनालाई पोखराका २० भन्दा बढी होटेलहरूमा बसोबास गराउने तयारी भइसकेको छ ।

यस कार्यक्रममा आएर आफ्नो बसाइ लम्ब्याउन चाहने पाहुनालाई पोखराका होटेलहरूले विशेष छुट दिने सहमति पनि भएको छ । साथै, पोखरामा भएका साहसिक पर्यटन सञ्चालकहरूसँग पनि बाह्रखरीका पाहुनालाई विशेष छुट दिन सहमति भएको छ ।

बाह्रखरीले यसअघि पनि पोखरामा यो प्रतियोगिता आयोजना गरेको थियो ।

नेपालको व्यावसायिक क्षेत्रलाई अर्थतन्त्र, पर्यटन, वातावरण, प्रदेश र स्थानीय सरकारसँग जोड्ने मूल उद्देश्यअनुरूप नियमित रूपमा गरिँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण २०७७ माघ २३–२४ मा पोखरामा सफलतापूर्वक सम्पन्न भएको थियो ।

उक्त संस्करणले कोरोना र लकडाउनले शिथिल पोखराको पर्यटनलाई ऊर्जा प्रदान गर्न सफल भएको निष्कर्ष निकाल्दै पोखरा पर्यटन परिषद्ले यो वर्षको कार्यक्रम पोखरामा आयोजना गर्न निमन्त्रणा गरेको हो । 

अघिल्लो वर्ष बाह्रखरीले काठमाडौंमा इकोनोमिक समिट र गल्फ आयोजना गरेको थियो, जसको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो ।

बाह्रखरीले २०७८ सालमा धरानमा गल्फ खेलाउँदै विराटनगरमा इकोनोमिक समिट तथा इटहरीमा युवा उद्यमी भेला गराएको थियो ।

यस्तै, २०७६ सालमा सगरमाथा हिमालनजिकको कोङदे–री चुचुरोको ४,२५० मिटरको उचाइमा गल्फ खेलाएर नेपालको गल्फ सम्भाव्यतालाई विश्वभर चिनाएको थियो ।

त्यसअघि, बाह्रखरीले २०७४ र २०७५ सालमा सुरुआती दुई गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरेको थियो ।

विगतका चार वर्षजस्तै एनसेल यो वर्ष पनि प्रमुख प्रायोजकका रुपमा बाह्रखरी गल्फसँग आवद्ध भएको छ । हरेक वर्ष अर्बौं कर तिरेर सबैभन्दा बढी राजश्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी तीन खर्ब भन्दा बढी राजश्व तिरिसकेको छ  । र, प्रत्यक्ष, अप्रत्यक्षरुपमा २५ हजार बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।
यसैगरी, इन एसोसिएसन विथ (साझेदार) मा विद्युतीय गाडी बीवाईडी रहेको छ । नेपाल मात्र नभएर विश्वमा अहिले विद्युतीय गाडीमा बीवाईडीले अग्रस्थान बनाएको छ ।

प्रभु बैंक लिमिटेड (बैंक अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ«े बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC