site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेन्डरअनुसार बस्नुपर्छ : सुनील शर्मा
फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले समितिको बैठक क्यालेन्डरअनुसार चलाउन माग गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए । 

उनले नेपाली नागरिकको पक्षमा कानुन बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गरे । 

उनले भने, "विद्यालयमा हुँदा पनि यो पिरियडमा यो पढाइ हुन्छ भन्नेकुरा थाहा हुन्थ्यो । सांसद भएर आइयो र समितिको बैठक कहिले हुन्छ भन्नेकुरा हामीलाई यहाँबाट खटाएर एसएमएस गरेपछि लुगाफाटा लगाएर हत्तपत्त नुहाइधुवाई गरेर आउनुपर्ने स्थिति छ । कि त मतदान गरौँ, कि त यो उत्तर कोरियाको पार्ल्यामेन्ट हो भन्नुपर्छ, होइन भने मेजेरिटीको इन्ट्रेसलाई एड्रेस गर्नुपर्छ । बुझ पचाएर बस्न पाइँदैन । तपाईंले क्यालेन्डर दिनैपर्छ । आज यसको उत्तर पनि दिनुपर्छ, क्यालेन्डर दिने की नदिने, नदिने भए किन ? कति बेला समिति बस्छ भनेर रुँगेर बस्ने हो ?"

शर्माले सांसदहरू समितिको बैठक कति बेला बस्छ भनेर कुरेर बस्न नसक्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro