site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल ‘ए’ सँगको एकदिवसीय शृंखला क्यानडा–११ लाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ विरुद्ध चार विकेटको जित निकाल्दै क्यानडा–११ ले एकदिवसीय शृंखला २–१ ले जितेको छ । मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ ले दिएको १८२ रनको लक्ष्य ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै क्यानडा–११ ले शृंखला जितेको हो । 

तीन खेलको शृंखलामा यसअघि दुवै टिमले समान एक खेल जितेका थिए । बिहीबार क्यानडालाई जित दिलाउन निकोलस किर्टोनले ५८ रन बनाए । उनले ७९ बलमा ६ चौका प्रहार गरे । ओपनर आरोन जोन्सनले ४२ रन थपे । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, नवनित धलिवालले ३८, निखिल दत्तले १४, दिलप्रित बाज्वाले ११ र श्रीमन्था विजेरत्नेले १० रन बनाए । 

नेपालका साहब आलमले चार विकेट लिए पनि टिमको हार टार्न सकेनन् । १० ओभर बलिङ गरेका आलमले ३५ रन खर्चिए । शेर मल्ल र बसिर अहेमदले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो । 

Global Ime bank

नेपालका ओपनर आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए । यसअघि दोस्रो खेलका ओपनर मयन यादवको स्थानमा आज मौका पाएका आशुतोषले ४३ बलमा पाँच चौका प्रहार गरे । आशुतोषले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । 

अर्जुनले ५३ बलमा दुई चौकासहित २७ रन थपे । यसबाहेक, बसिर अहमेदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २४ र प्रतिश जिसीले १९ रन जोडे । क्यानडाका डिलोन हाइलिजर, हर्ष थाकेर र निकोलस किर्टोनले समान दुई विकेट लिए । 

कलिम साना र कप्तान साद बिन जफरले एक–एक विकेट हात पारे । यसअघि शृंखलाको पहिलो खेल क्यानडा चार विकेटले विजयी हुँदा दोस्रो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो । नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेलेको यो पहिलो शृंखला हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय