site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदको प्रश्न– रुसी सेनामा गएकाको सरकारले उद्धार गर्न सक्छ कि सक्दैन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद सूर्य थापाले ‘रुसी सेनामा गएका नेपालीको सरकारले उद्धार गर्न सक्छ कि सक्दैन ?’ भनी प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा गएका आफ्नो निर्वाचन क्षेत्रका एकजनाको मृत्यु र एक बेपत्ता रहेको उल्लेख गरे । उनले ‘सरकारले आफ्ना नागरिकका विषयमा किन जानकारी नराखेको ?’ भन्दै प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“रुसी सेनाका विषयमा सरकार बेखबर छ । मृत्यु भएकाहरूका विषयमा जानकारी माग्दा सरकारले जानकारी समेत दिन सकेको छैन । मेरो जिल्ला र निर्वाचन क्षेत्र प्युठानको काठेबरका सोमेस सुनार २०८० कात्तिकको पहिलो साता वैदेशिक रोजगारीमा कतारमा कार्यरत रहेकै बेला रुसी सेनामा पुगेका कुरा पछि मात्रै थाहा भयो । दुई महिनापछि उनका घाइते साथीमार्फत युद्धमा मृत्यु भएको थाहा भयो,” थापाले भने, “आज मात्रै स्वर्गद्वारीका लालबहादुर घर्तीमगरको अवस्था दुई महिनादेखि अज्ञात रहेको जानकारी आयो । उहाँ जीवितै हो वा युद्धमा मृत्यु भयो, खोजी गरी जानकारी गराउन कामका निम्ति सरकारको ध्यानाकर्षण गराउँछु ।”

यही फागुन ८ गते सोमेसका पितासहितले परराष्ट्र मन्त्रालयको कानुन शाखा गई निवेदन दिएको भए पनि अझै उनको अवस्थाबारे जानकारी नगराइएको उनले बताए । सरकारले आफ्ना नागरिकको जानकारी दिने जिम्मेवारी पनि निर्वाह नगरेको उनको भनाइ छ ।

Global Ime bank

“सोमेस र लालबहादुरजस्ता १२ जना बढीले ज्यान गुमाउँदा सरकारले उनीहरूको अवस्था जानकारी गराउन नसकेको लाजमर्दो अवस्था छ । यो देशमा सरकार छ कि छैन ? परराष्ट्र मन्त्रालय छ कि छैन ?,” थापाले प्रश्न गरे ।

नेपालले भारत र बेलायतबाहेक अरू राष्ट्रसँग सैन्य भर्ना गर्ने सहमति नगरेको उनले उल्लेख गरे । उनले परराष्ट्र नीतिअनुरूप काम समेत नभएको बताए । “बेलायत र भारतमा बाहेक सेना भर्ना गर्ने त्रिपक्षीय सम्झौता भएको छैन । सञ्चारमाध्यमबाट फ्रान्स र अमेरिकाको सेनामा पनि भर्ना भएको भन्ने सुनिँदै छ,” उनले भने, “अनाक्रमण, अहस्तक्षेप र असंलग्नताको हाम्रो अन्तर्राष्ट्रिय नीतिका विषयमा सरकार किन बोल्न सक्दैन ? परराष्ट्र किन बोल्दैन ? किन मौन छ ?”

उनले परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्दा रुसी पक्षले मृत्यु भएकालाई क्षतिपूर्ति दिने अनौपचारिक स्रोतबाट थाहा पाएको बताएको बैठकमा सुनाए । “औपचारिक रूपमा कहिले थाहा हुन्छ ? क्षतिपूर्ति दियो भने सेनामा भर्ना रोक्न सरकारले सक्छ कि सक्दैन ?,” सांसद थापाले प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement