site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द गरेर नयाँ थाल्न सांसद भट्टराईको माग 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति नियुक्ति प्रक्रिया नेकपा (माओवादी केन्द्र)को गुटगत लडाइँको मारमा परेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले तटस्थ भएर त्रिविको उपकुलपति नियुक्त गर्ने भनेका प्रधानमन्त्रीले न्यूनतम प्रक्रिया समेत पालना नगरेको बताए ।

उनले पार्टीका नेताहरू सिफारिस समितिमा बसेका र उपप्राध्यापकले उपकुलपति हुने व्यक्तिको अन्तर्वार्ता लिएको जिकिर गरे । “विशिष्ट प्रक्रिया अपनाउँछु भन्दै उपकुलपति नियुक्तिको प्रक्रिया थाल्नुभएका प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई सिफारिस गराउनुभएको छ । सिफारिस भएका व्यक्तिको अन्तर्वार्ता उपप्राध्यापकले गरेका छन्,” सांसद भट्टराईले भने, “उपकुलपतिको अन्तर्वार्ता उपप्राध्यापकले गर्छ ? माओवादीको गुटगत झगडाको मारमा उपकुलपति नियुक्ति पर्दै छ ।”

उनले अहिलेको नियुक्ति प्रक्रिया गलत भएको भन्दै तत्काल त्यो रद्द गरेर नयाँ थाल्न पनि माग गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro