site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँसबारी छाला संकलन केन्द्रको हेटौंडा, धरान र लालबन्दीको १४ कट्ठा जग्गा पनि व्यक्तिका नाममा

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको छाला संकलन केन्द्रका तीन जिल्लाको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको पाइएको छ ।  बाँसबारीको सरकारी जग्गा व्यक्तिको नाममा नामसारीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा तीन जिल्लामा छाला संकलन गर्न खोलिएका केन्द्रको जग्गा व्यक्तिको नाममा पुगेको पाइएको हो ।  सीआईबी स्रोतका अनुसार, छाला संकलन केन्द्र मकवानपुरको हेटौंडा उपमहानगर–१ मा रहेको ६ कट्टा जग्गा व्यक्तिका नाममा पुगेको छ ।

त्यस्तै, सुनसरीको धरान र सर्लाहीको लालबन्दीमा भएको ४/४ कट्ठा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको देखिएको छ ।  सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गर्नेमाथि सीआईबीले अनुसन्धान तीब्र पारेको छ ।

यद्धपी उक्त जग्गा क–कसको नाममा पुगेको छ भन्ने बारे सीआईबीका एसएसपी दिनेश आर्चायले अनुसन्धानकै क्रममा भएकाले सबै कुरा भन्न नमिल्ने बताए । यसअघि सीआईबीले बाँसबारी छाला–जुत्ता कारखानाको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये चौधरी ग्रुपले सञ्चालन गरेको च्याम्पियन फुटवयेरको नाममा १० रोपनी जग्गा पुगेको खुलेको थियो ।

त्यही आरोपमा सीआईबीले व्यवसायी अरुण चौधरीलाई १८ माघमा पक्राउ गरेको थियो ।  चौधरीसहित छाला कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सन्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

Global Ime bank

उनीहरुलाई सीआइबीले पाँच दिन थुनामा राखेर अनुसन्धान गरेको थियो । तर, जिल्ला अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनीहरु छुटेका थिए । सीआईबीको अनुसन्धानले २०४३ भदौ १० मा अरुण चौधरीको नाममा नामसारी भएको देखिएको छ । उनीहरुमाथिको अनुसन्धान अझै जारी छ ।

चौधरीसहित तीन जनामाथि सीआईबीले कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।  कारखानाका कार्यकारी प्रमुख अजितनारायणसिंह थापाले सरकारलाई हानि–नोक्सानी हुने गरी २०४३ सालमै निर्णय गरेको पाइएको छ ।

हेटौडा, धरान र सिरहाका जग्गासमेत थापाकै निर्यणबाट व्यक्तिको नाममा पुगेको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

चौधरी दाजुभाईको बयान लिने सीआईबीको तयारी

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यवसायी अरुण चौधरीको नाममा रहेको खुलेपछि अरुणलाई पक्राउ गरेको सीआईबीले उनका दाजु सांसद विनोद चौधरी र बसन्त चौधरीको समेत बयान लिने तयारी गरेको छ ।

बाँसबारीको जग्गा अरुण चौधरीका बुबा लुनकरणदास चौधरी हुँदा नै सरकारी छालाजुत्ता कारखाना र निजी चौधरी ग्रुपको च्याम्पियन फुटवयेरको सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार जुत्ता कारखाना सञ्चालन हुँदा चौधरीका दाजुभाईले सेयर लिएको खुलेको छ ।

सीआईबीको बयानका क्रममा समेत पक्राउ परेका अरुण चौधरीले बुबाकै अग्रसरतामा कानुनी तरिकाले बासवारीको जग्गा नाममा आएको बताएका थिए । हाल लुनकरण दासको भने मृत्यु भइसकेको छ ।

सीआईबीले विश्वको अर्वपति सूचीमा सूचीकृत व्यापारी विनोद चौधरी र बसन्त चौधरीको समेत बयान लिने तयारी गरेको हो । सीआईबीका स्रोतले भने, “हामी अनुसन्धानकै क्रममा छौं । बयानका लागि विनोद चौधरी र बसन्त चौधरी पनि बोलाउने तयारी गरेका छौं । केही दिनभित्रै बोलाउँछौं ।”

सीआईबीले बाँसवारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दामा दुई वर्ष लगाएर अनुसन्धान गर्ने कानुनी सुविधा पाएको छ । तर, सीआईबीले केही समयमै अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाउने गरी काम थालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu