site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामूहिक हत्यालगत्तै छोरालाई ‘भिडियो रेकर्ड’ गर्न लगाएका थिए राजुले, यस्तो छ घटनाको अन्तर्य
SkywellSkywell

काठमाडौं । सोलुखुम्बुको दुधकोसी गाउँपालिकाका ५१ वर्षीय राजु घिमिरे भन्ने काजी विश्वकर्माले श्रीमतीसहित तीनजनाको हत्या गरेर आफूले आत्महत्या गरे ।

हाल काठमाडौंको सीतापाइलास्थित बद्री बजगाईंको घरमा भाडामा बस्दै आएका विश्वकर्माले बुधबार बिहान श्रीमती, छोरी र नातिनीको हत्या गरेका हुन् । श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ भनिने प्रेमकुमारी श्रेष्ठ, आठ वर्षीया छोरी अनिसा र साढे दुई वर्षीया नातिनी सिबनाको हत्या गरेका थिए । 

हत्यालगत्तै राजु आफूले समेत घटनास्थलबाट साढे तीन किलोमिटरमाथिको जंगलको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । राजुसहित चारजनाकै शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 

KFC Island Ad
NIC Asia

काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार राजुले श्रीमतीसँगको आन्तरिक विवादका कारण सामूहिक हत्या गरेर आत्महत्या गरेको खुलेको बताए ।

raju_Ishowari-1708521270.jpg
 

राजुसँगै बस्दै आएका बुहारी जेनी श्रेष्ठ भने घरबाहिर हुँदा जोगिएकी छन् । जेनी कामका लागि बिहानै घर बाहिर निस्केको अवस्थामा घटना भएको खुलेको हो ।

छोरालाई बचाउन पठाएका थिए पसल 
प्रहरीको अनुसन्धानले उनका १५ वर्षीय छोरा अनिस श्रेष्ठलाई बचाउनकै लागि पसल पठाएको खुलाएको छ । 

“राजुले छोराको माया धेरै नै गर्ने रहेछ । त्यसैले छोरालाई बाहिर पठाएर हत्या गरेको देखिन्छ,” अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने ।

हत्यालगत्तै बाहिर निस्कन खोजेका राजु र पसल पठाएका छोरा अनिसको भेट कोठाको ढोकामै भएको थियो । आमासहित तीनजनाको हत्या गरेको भन्दै अनिसकै मोबाइलमा भिडियो रेकर्ड गर्न समेत राजुले लगाएका थिए । अनिसको मोबाइलबाट प्रहरीले उक्त भिडियो फेला पारेको छ ।

काठमाडौं प्रहरीका एसएसपी खत्रीले भिडियो फेला परेको र थप अनुसन्धान जारी रहेको बताए ।  प्रहरी स्रोतका अनुसार उक्त भिडियोमा राजुले श्रीमती ईश्वरीका कारण मारेर आफू मर्न बाध्य भएको बताएका छन् । 

Home-1708521270.jpg
 

उनले भिडियोमा बुहारी जेनीलाई सम्बोधन गरेर भनेका थिए, “मैले मार्ने र मर्ने भनेको कुरा सबै पूरा गरे । चितवनको केटासँगको सम्बन्ध र नरेशसँगको कुरा पनि तिमीलाई थाहा छ । यो कुरा पहिला नै थाहा पाएको भए यस्तो घटना हुने थिएन ।”

करिब पाँच मिनेट लामो भिडियो रेकर्डमा राजुले थप भनेका छन्, “कसरी राम्रो हुन्छ त्यसरी गर्नु । आमा जस्तो भएर नहिँड्नु । सुन र पैसा सबै दराजमा छ । चाबी मैले छोरो अनिसलाई दिएको छु । सबै कुरा अनिसलाई थाहा छ । अनिसको राम्रो हेरचाह गर्नु, नराम्रो नगर्नु ।”

प्रहरीले पिछा गर्दागदै आत्महत्या
राजुले श्रीमतीसहित तीनजनाको हत्या गरेको करिब तीन घन्टापछि मात्रै आत्महत्या गरेको खुलेको छ । काजीले हत्यालगत्तै छोरा अनिसलाई भिडियो सन्देश बनाउन लगाए । त्यसलगत्तै उनले सासू रूकमाया श्रेष्ठ, ससुरा इन्द्रजित श्रेष्ठ र साली संगीतालाई समेत फोन गरेका थिए ।

साली र सासू–ससुरालाई समेत छोराको भविष्य बनाई दिन आग्रह गरेका छन् । त्यही बेला रूकमायाले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । 

प्रहरीले सूचना पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूकी प्रहरी प्रमुख डीएसपी पूर्णिमा चन्द नेतृत्वको टोली घटनास्थल पुग्यो । केही समयपछि काठमाडौं प्रहरी परिसरका डीएसपी हरि खतिवडा र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको टोली समेत घटनास्थल पुगेको थियो ।

प्रहरी घटनास्थल पुग्दा ९ बजिसकेको थियो । त्यो बेलासम्म पनि राजुको मोबाइलमा फोन गइरहेको थियो । तर, प्रहरीले सूचना पाएपछि भने उनले फोन उठाउन छाडे ।

Sab-Laijadai-1708521270.jpg
 

प्रहरी उनको मोबाइल फोन ट्रयाक गरेर पिछा गर्दै नजिक पुगिसकेको थियो । साढे १० बजे भने उनले मोबाइल फोन अफ गरे । मोबाइल फोन अफ भएको एक घन्टापछि झुन्डिएको स्थानमा प्रहरी पुगेको थियो । 

अदालतमा थियो बलात्कार मुद्दा
राजु र ईश्वरीको करिब १८ वर्षअघि प्रेम विवाह भएको हो । राजुसँग ईश्वरीको दोस्रो बिहे थियो । पहिलेको श्रीमान्सँग कानुनीरूपमा सम्बन्धविच्छेद गरेपछि उनले राजुसँग प्रेम विवाह गरेकी थिइन् । पहिलो श्रीमान्बाट भएको एक छोरा समेत आफैँसँग ल्याएर राजुसँग बिहे गरेकी थिइन् । राजुसँगको बिहेपछि थप एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । जसमध्ये छोरी अनिसाको हत्या भएको हो । 

आफूसँग बिहे भएपछि पनि ईश्वरीको एक पुरुषसँग अवैध सम्बन्ध रहेको राजुले थाहा पाएका थिए । उक्त सम्बन्धबारे थाहा पाएपछि पनि राजुकै सल्लाहमा ईश्वरीले ती पुरुषविरुद्ध प्रहरीमा बलात्कार मुद्दाको जाहेरी दिएकी थिइन् । 

प्रहरीले ती पुरुषलाई पक्राउ गर्‍यो । तर, बलात्कार मुद्दाको आरोप खेपिरहेका ती पुरुष केहीदिन अघिमात्रै जिल्ला अदालत काठमाडौंबाट पाँच लाख धरौटीमा छुटेको खुलेको छ । ईश्वरीको मुद्दा अदालतमै विचाराधीन छ । सोही अवस्थामा भने श्रीमान्ले ईश्वरीसहित छोरी र नातिनीको समेत हत्या गरेर आफूले समेत आत्महत्या गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro