site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकको 'अनधिकृत कार्यविधि' खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकको सवारी निजी बनाएर सुविधा लिने गरी संशोधित कार्यविधि खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको छ । गभर्नर, डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई सुविधा दिने गरी ‘नीतिगत भ्रष्टाचार’ भएको भन्दै अधिवक्ता कुमार मगर र भरत कार्कीले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

संयुक्तरूपमा दर्ता भएको निवेदनमा गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई नेपाल राष्ट्र बैंक ऐन र खरिद ऐनविपरीत सवारी साधनको सुविधा दिने गरी कार्यान्वयनमा ल्याइएको कार्यविधि खारेजीको माग गरिएको छ ।

Dabur Nepal
NIC Asia

निवेदनमा राज्यलाई घाटा हुने गरी ल्याइएको कार्यविधि तत्काल खारेजीका लागि अन्तरिम आदेशसहित परमादेशलगायतका आदेश माग गरिएको छ ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक सञ्चालक समिति, गभर्नर, डेपुटी गभर्नरहरू र कार्यकारी निर्देशकहरूलाई विपक्षी बनाइएको निवेदनमा फागुन १४ को पेसी तोकी निवेदक र विपक्षीलाई अदालतले झिकाएको निवेदक कार्कीले जानकारी दिए । 

गभर्नर र उच्च अधिकारीले सुविधा लिने गरी राष्ट्र बैंकको कार्यविधि संशोधन गरेर कार्यान्वयनमा ल्याइसकिएको निवेदनको दाबी छ । राष्ट्र बैंक विनियममार्फत गर्नुपर्ने काम नेपाल सरकारलाई समेत जानकारी नगराई गभर्नरसहितले सुविधा लिइएको निवेदकको दाबी छ ।

गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा यसअघि नै रिट परेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro