site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुईपटक सूचना निकाल्दा पनि बिक्री भएनन् चिनियाँ जहाज

काठमाडौं । नेपाल वायुसेवा निगमका चिनियाँ जहाज खरिदका लागि कुनै पनि कम्पनीको आवेदन परेको छैन । निगमले दुईवटा एमए ६० र तीनवटा वाई–१२ ई जहाज लिलामका लागि दुईपटक सूचना निकालेको थियो । तर, जहाज खरिदका लागि कुनै पनि कम्पनीको आवेदन नपरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमले चिनियाँ जहाज लिलामीका लागि पहिलो पटक २१ डिसेम्बर २०२३ मा सूचना निकालेको थियो । उक्त समयमा कुनै कम्पनीले चासो नदेखाएपछि निगमले पुनः ६ फेब्रुअरीमा दोस्रो पटक सूचना निकालेको थियो ।  दोस्रो पटक निकालेको सूचनाको समयावधि (२१ फेब्रुअरी १ः०० बजेसम्म) पनि जहाज खरिदको प्रस्ताव परेन ।

Dabur Nepal
NIC Asia

चिनियाँ जहाज कसको स्वार्थमा किनेको ? किन बेच्न लागेको ?

निगम प्रवक्ता पौडेलका अनुसार अब यस विषयमा थप छलफल गरेर प्रक्रिया अगाडि बढाइनेछ ।

कहिले ल्याइएको थियो जहाज ?
नेपाल र चीन सरकारको दुई पक्षीय सहमतिमा उक्त जहाज सहुलियत ऋण र अनुदानमा खरिद गरिएको थियो । चिनियाँ जहाज खरिद प्रक्रिया २०६८ सालबाट सुरु भएको थियो । उक्त सम्झौताअनुसार २०७१ वैशाखमा पहिलो अनुदानको एउटा एमए–६० जहाज नेपाल भित्रिएको थियो ।

चिनियाँ जहाज : ग्राउन्डेड गर्दा पनि वार्षिक ५० करोड खर्च, लिलामीमा पनि उस्तै ‘उल्झन’
 
त्यही वर्षको कात्तिकमा अनुदान वापतको अर्को वाई–१२ ई जहाज नेपाल ल्याइएको थियो । त्यसपछि २०७३ मा  एमए–६० र वाई–१२ ल्याइएको थियो । निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो ।
 
जहाज उडान तथा खरिदबाट नेपाललाई १० अर्ब रुपैयाँभन्दा बढी घाटा भएपछि व्यवस्थापनको विषय सुरु भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro