site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगे लघुवित्तपीडित

काठमाडौं । लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् । 

लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ । वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन् । 

लघुवित्त र मिटरब्याजपीडितहरूले मंगलबार काठमाडौंमा मार्चपास गरेका थिए । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मार्चपास गरेका थियो ।  

नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौं आएका छन् । उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग अघि सारेका छन् ।

Global Ime bank

लत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटरव्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ ।

तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरूको गुनासो छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu