site stats
बाह्रखरी :: Baahrakhari
खेल
नामिबियाविरुद्ध बदलाको लक्ष्यमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नामिबियाविरुद्ध मैदान उत्रिँदा नेपाल बदलाको लक्ष्यमा हुनेछ ।

यसअघि लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग चार विकेटको हार बेहोरेको थियो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शृंखलामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । 

यता, नामिबियाले पनि यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हारको नतिजा आत्मसात गरेको छ । पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा भने नामिबिया नेदरल्यान्ड्ससँग सात विकेट पराजित भएको थियो ।

आजको खेलपछि नेपालले आइतबार नेदरल्यान्ड्ससँग यो शृंखलाको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्