site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अझै दर्ता भएनन् सामाजिक सञ्जाल, एक हप्तापछि बन्द हुन सक्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता हुन आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका अनुसार दर्ता प्रक्रियामा नआए बन्द हुन सक्ने चेतावनी दिएको छ ।

निर्देशिका अनुसार नेपालमा हालसम्म कुनै पनि कम्पनी दर्ता प्रक्रियामा आएका छैनन् ।

मन्त्रिपरिषद्को गत कार्तिक २३ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ स्वीकृत गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिका बमोजिम सामाजिक सञ्जाल कम्पनीहरूलाई तीन महिनाभित्र दर्ता हुन भनेको थियो । मसिंर १५ गते मन्त्रालयले जारी गरेको सूचना अनुसार फागुन १५ गते तीन महिना पूरा हुँदै छ । अर्थात्, मन्त्रालयले दिएको सीमा सात दिनमात्र बाँकी छ ।

तर, हालसम्म कुनै पनि सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले बताए ।

Global Ime bank

“अनलाइनबाटै दर्ता हुन सकिन्छ । सम्पर्कमा केही कम्पनी छन् । तर, दर्ता नै भइसकेका छैनन् । तीन महिना सकिनै लाग्दा अहिले फेरि ताकेता गरिएको हो,” उनले भने ।

निर्देशिकाले पहिलेदेखि नै सञ्चालनमा रहेका कम्पनीहरू तीन महिनाभित्र सूचीकृत भइसक्नुपर्ने व्यवस्था गरेको छ । अन्यथा, सरकारले ती कम्पनीको सञ्चालनमा रोक लगाउन सक्ने छ । त्यस्ता कम्पनीहरूले प्रत्येक तीन वर्षमा नवीकरण गर्नुपर्ने दिर्नेशिकामा उल्लेख छ ।

सामाजिक सञ्जाल प्लेटफर्मले सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) खोल्नुपर्ने र त्यहाँ अनिवार्यरूपमा आवासीय गुनासो सुन्ने र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

सम्पर्क विन्दुले सामाजिक सञ्जाल प्रयोगका गुनासा सम्बोधन गर्नुपर्ने र निर्देशिकाविपरीत कन्टेन्ट हटाउनुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय