site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सामाजिक सञ्जाललाई तीन महिनाभित्र नेपालमा सूचीकरण गर्न मन्त्रालयको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ ।

सामाजिक सञ्जाल कम्पनीहरुलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले निर्देशन दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यससँगै हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्नेछ ।

यसका लागि कम्पनी आफैँ वा प्रतिनिधिमार्फत निर्देशिकाको अनुसूची १ मा भनिए अनुसार मन्त्रालयको सामाजिक सञ्जाल नियमन इकाईको इमेल snru@mocit.gov.np मा कागजात पठाउन सकिने मन्त्रालयले बताएको छ ।

Global Ime bank

यस्ता कम्पनीहरुले सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा आएका गुनासो सम्बोधन गर्नका लागि नेपालभित्र सम्पर्क विन्दुको व्यवस्था गर्नुपर्नेछ ।

नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीले तीन महिनाभित्र कार्यालय स्थापना गर्ने वा सम्पर्क बिन्दु तोक्नुपर्ने मन्त्रालयले बताएको छ ।

तीन महिनाभित्र सूचीकरण नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement